बिहार चुनावअघि लालू यादव परिवारमाथि आईआरसीटीसी घोटाला प्रकरणमा आरोप तय, राजनीतिक प्रभावको चर्चा

3 घन्टा पहिले प्रकाशित

एजेन्सी, असोज २७ गते । बिहार विधानसभा चुनाव नजिकिँदै गर्दा राष्ट्रिय जनता दल (आरजेडी) का अध्यक्ष तथा पूर्व रेल मन्त्री लालू प्रसाद यादव र उनको परिवारमाथि आइआरसीटीसी (IRCTC) घोटाला मामिलामा गम्भीर आरोप तय भएको छ। दिल्लीस्थित राउज एवेन्यू अदालतले आइतबार दिएको निर्णयलाई बिहारको आगामी चुनावी समीकरणमा निर्णायक मोडका रूपमा हेरिएको छ।

अदालतले लालू यादवको संलग्नतामा घोटालाको योजना बनाइएकाले उनको परिवारले प्रत्यक्ष लाभ पाएको ठहर गरेको छ। अदालतका अनुसार, पूर्व मुख्यमन्त्री राबडी देवी र उनका पुत्र तेजस्वी यादवले अत्यन्तै कम मूल्यमा जग्गा प्राप्त गरेका थिए। अदालतमा उपस्थित लालू यादवले भने आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राजनीतिक प्रतिशोधका रूपमा प्रस्तुत भएको बताएका छन्।

यो प्रकरण ‘ल्यान्ड फोर जब्स’ घोटालाबाट फरक रहेको छ। सीबीआईले यस मामिलामा नयाँ आरोपपत्र दर्ता गर्दै लालू यादव, राबडी देवी, तेजस्वी यादवसहित १४ जनालाई प्रतिवादी बनाएको छ।

स्मरण रहोस्, यो घोटाला सन् २००४ देखि २००९ बीचको हो, जब लालू यादव भारतका रेल मन्त्री थिए। सो समयमा आइआरसीटीसीले दुई होटलहरूको सञ्चालन तथा मर्मतका लागि टेन्डर निकाल्दा नियम विपरीत एक निजी कम्पनी ‘सुजाता होटल प्रालि’लाई ठेक्का दिइएको आरोप लगाइएको छ। यसको सट्टामा यादव परिवारले पटना क्षेत्रका कीमती जग्गा अत्यन्त सस्तो दरमा प्राप्त गरेको अनुसन्धानमा देखिएको बताइएको छ।

विश्लेषकहरूको भनाइमा, चुनाव पूर्व आएको यो मुद्दा आरजेडी र महागठबन्धनको चुनावी रणनीतिमा गम्भीर असर पार्न सक्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?