जनकपुरधाममा सोमबारदेखि जसपाको मधेश प्रदेश अधिवेशन, ५१ सदस्यीय समिति चयन हुने

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, असोज २६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशस्तरीय पहिलो अधिवेशन आगामी सोमबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ। अधिवेशनमार्फत ५१ सदस्यीय प्रदेश समिति चयन गरिने जसपाले जनाएको छ। आइतबार नेपाल पत्रकार महासंघ धनुषा शाखामा आयोजित पत्रकार सम्मेलनमा जसपा मधेश प्रदेश कमिटीका अध्यक्ष बालकिसोर प्रसाद यादवले करिब ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक अधिवेशनमा सहभागी हुने बताए।

अध्यक्ष यादवका अनुसार अधिवेशनले हालको राजनीतिक परिवर्तित सन्दर्भमा संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन प्रणाली, र अधिकार तथा पहिचानका आन्दोलनहरूको औचित्य पुनः पुष्टि गर्नेछ। जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतका पदाधिकारी चयन गरिने छन्। अध्यक्ष पदका लागि बालकिसोर यादव, ज्ञानेन्द्रकुमार यादव र योगेन्द्र यादवले उम्मेदवारी घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?