तोलामा तीन सय रुपैयाँले घट्याे सुनकाे भाउ

3 वर्ष पहिले प्रकाशित

२०७८ माघ २ गते। सुन चाँदीको भाउ आज केही घटेको छ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको छ ।

आज चाँदीको भाउ तोलामा १२ सय ५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?