केपी ओलीको सुशीला कार्की सरकारमाथि आक्रोश: ‘सडक तमासा बन्द गर, यो सरकार नेपालीको होइन’

3 दिन पहिले प्रकाशित

काठमाडौं, असोज २३ गते ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारलाई ‘सडक तमासा’ देखाएको र नेपाली जनताको प्रतिनिधित्व नगर्ने भन्दै तीव्र आलोचना गरेका छन्। भक्तपुरमा बिहीबार एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सरकारलाई देश चलाउने विषयलाई ‘ख्याल ठट्टा’ नलिन चेतावनी दिए। उनले सरकारको नीति र व्यवहारलाई लिएर प्रश्न उठाउँदै भने, “यो सरकार हाहुबाट बनेको हो, कसैले छानेको होइन, नेपालीको त पक्कै होइन।” उनले सरकारको गठन र उद्देश्यप्रति संशय व्यक्त गर्दै यसको पछाडि ‘खास उद्देश्य’ रहेको संकेत गरे।

ओलीले सरकारले आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने योजना बनाएको दाबी गरे। उनले गृहमन्त्रीलाई समेत लक्षित गर्दै भने, “सुशीला कार्कीको डरले केपी ओली भाग्छ? गृहमन्त्रीको नाम पनि मैले गृहमन्त्री भएपछि मात्र थाहा पाएँ। बाबु, धेरै नअत्तालिन, सम्हालिन सल्लाह दिन्छु।” उनले गृहमन्त्रीलाई ‘नचम्किन’ र राजनीतिलाई गम्भीरतापूर्वक लिन आग्रह गरे। साथै, उनले काठमाडौं उपत्यका छोड्ने विषयमा सरकारको नीतिलाई ‘सडक तमासा’ को संज्ञा दिँदै व्यङ्ग्य गरे, “पानी ढलको सिमाना वाह! यो तमासा होइन भने के हो?” यो टिप्पणीले सरकारको नीति र नेतृत्वमाथि ठूलो विवाद सिर्जना गर्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?