एमालेसँगको सहकार्य कांग्रेसका लागि घातक हुने: मधेस प्रदेशसभा सदस्य राम सरोज यादव
3 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २३ गते । नेपाली कांग्रेसका नेता तथा मधेस प्रदेशसभा सदस्य राम सरोज यादवले एमालेसँगको सत्ता सहकार्य कांग्रेसका लागि राजनीतिक रूपमा घातक हुने चेतावनी दिएका छन्। मधेस प्रदेशमा कांग्रेसले एमाले र जनमत पार्टीको समर्थनमा सरकार गठनको दाबी पेस गरेपछि नेता यादवले उक्त गठबन्धनको कडा विरोध गरेका हुन्। उनले भने, “एमालेसँग सरकार गठन गर्नु हुँदैन, हामी शुरु देखिनै त्यसको विपक्षमा छौं। संसदीय दलको आगामी बैठकमा यो विषयमा स्पष्ट धारणा राख्नेछौं।”
यादवले केन्द्रमा एमालेसँगको सहकार्यका कारण कांग्रेसले पहिले नै ठूलो राजनीतिक क्षति भोगिसकेको दाबी गर्दै भने, “यदि मधेस प्रदेशमा पनि एमालेसँग मिलेर सरकार बनाइयो भने पार्टीले थप घाटा व्यहोर्नुपर्नेछ।” यसअघि कांग्रेसका नेता शेखर कोइरालाले समेत एमालेसँगको सहकार्य अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए।
कमेन्ट गर्नुहोस्
view comments