सप्तकोशी नगरपालिकामा बाढी उद्धार: नेपाली सेनाले २० जनालाई सुरक्षित स्थानमा पुर्‍यायो

6 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज २० गते ।  लगातारको अविरल वर्षापछि आएको बाढीका कारण सप्तकोशी नगरपालिकाको वडा नम्बर ६, बोचही पोखरीया क्षेत्रका ४२ घरधुरी डुवानमा परेपछि नेपाली सेनाले २० जना बासिन्दाहरूलाई सकसम्मत उद्धार गरेको छ। श्री बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमान तामाङको नेतृत्वमा खटिएको १४ सदस्यीय टोलीले अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए।

नेपाली सेनाको तत्कालीन सक्रियताले ठूलो जनधनको क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाहरूले बताएका छन्। प्रमुख सेनानी चन्दका अनुसार, वर्षाका कारण सप्तरीका तटीय क्षेत्रमा बाढीको जोखिम कायमै छ। सम्भावित उद्धारका लागि सेनाको टोली तयारी अवस्थामा रहेको छ। जलबमग्न क्षेत्रमा राहत सामग्री वितरण र थप उद्धार कार्यलाई तीव्रता दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?