सौरभ एग्रो जनकपुरधामको बम्पर उपहार रायलाई

3 वर्ष पहिले प्रकाशित

२०७८ पुष ३० गते 

स्वराज ट्याक्टरको आधिकारिक विक्रेता सौरभ एग्रो इम्प्लिमेन्टस इन्टरप्राइजेज जनकपुरधाम मुजेलिया दा्ररा आयोजित ग्राहक भेटघाट तथा सहस्त्र मेलाको बम्पर उपहार चक्रघटा–६ को रामकुमार रायले प्राप्त गर्नुभएको छ ।

सोरुमबाट ट्रयाक्टर खरिद गर्नेहरुलाई लक्षित गरी आयोजना गरिएको मेलामा बम्पर उपहारका रुपमा लक्की ड्र मार्फत रायले पुरस्कार स्वरुप हिरो स्पेलेन्डर मोटरसाइकल प्राप्त गर्नुभएको हो ।

कार्यक्रममा कम्पनीको तर्फबाट ट्रयाक्टर खरिदकर्ता सबैलाई एक÷एक थान व्याग प्रदान गरिएको थियो ।

सौरभ एग्रोले २०७८ भादौ १ गतेदेखी २०७८ कार्तिक २५ गतेसम्म ट्रयाक्टर खरिद र बुकिंग गर्ने ग्राहकलाई लक्षित गरि सहस्त्र मेलाको आयोजना गरेको थियो ।

यो अवधीमा १०३ जनाले ट्रयाक्टर विक्री र बुकिंग गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?