बिहारमा चुनावी खेल: महिलाका लागि एकपटक १० हजार वा मासिक २५००—कसको योजना बलियो?
9 दिन पहिले प्रकाशित

एजेन्सी, असोज १७ गते । बिहारमा विधानसभा चुनाव नजिकिँदै जाँदा महिलालाई लक्षित गरी सत्ता पक्ष र विपक्ष दुवै दलले आकर्षक योजना अघि सारेका छन्। एनडीए सरकारले ‘मुख्यमंत्री महिला स्वरोजगार योजना’ अन्तर्गत जीविका समूहमा आवद्ध महिलालाई एकपटकमा १० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ। यो रकम महिलाले आफ्नो व्यवसाय सुरु गर्न प्रयोग गर्ने अपेक्षा गरिएको छ। योजना सुरु गरिएका छ महिना पछि मूल्यांकन गरी आवश्यक ठहरिएकालाई थप दुई लाख रुपैयाँसम्म किस्ताबन्दी सहयोग दिने व्यवस्था छ। यस योजना अन्तर्गत करिब दुई करोड महिलाले लाभ पाउने अनुमान गरिएको छ।
उता, विपक्षी दलहरूको ‘इन्डिया गठबन्धन’ (महागठबन्धन) ले महिलालाई प्रतिमहिना २५०० रुपैयाँ दिने वाचा गरेको छ। यसरी महिलाले वर्षमा ३० हजार रुपैयाँ पाउने दाबी गरिएको छ। तर यस्तो योजनाले राज्यको बजेटमा ठूलो दबाब पर्ने विशेषज्ञहरूको भनाइ छ। विश्लेषकहरूले एनडीएको स्वरोजगारमुखी योजना उद्यमशील महिलाका लागि अवसर दिने भए पनि सीमित प्रभावकारी हुने र महागठबन्धनको प्रत्यक्ष नगद सहयोग सबै महिलालाई फाइदा पुर्याउने भए पनि दीर्घकालीन रुपमा वित्तीय भार बढाउने तर्क गरेका छन्। यसरी चुनावी प्रतिस्पर्धा महिला मतदातालाई लुभाउने घोषणामा केन्द्रित हुँदै गएको देखिन्छ।
कमेन्ट गर्नुहोस्
view comments