मधेश प्रदेशको मुख्यमन्त्रीको लागि काँग्रेसमा आन्तरिक कलह
13 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १३ गते । नेपाली काँग्रेसले मधेश प्रदेशमा मुख्यमन्त्रीको लागि कृष्ण यादवको नाम अगाडी ल्याउँदा पार्टी भित्रै विभिन्न प्रकारले आलोचना शुरु भएको छ । २२ प्रदेश साँसद रहेको नेपाली काँग्रेसले एमाले, जनमत र लोसपा संग मिलेर सरकार बनाउने आन्तरिक तैयारी शुरु गरेको छ । प्रस्तावित मुख्यमन्त्री कृष्णा यादवको आफ्नै गाउँ रौतहटको विनगरामा वडामा समेत काँग्रेस पराजित भएको र निज यादव स्वयं पनि नेकपा एसका संघीय साँसद माघव नेपालको क्षत्रछायामा चुनाव जितेको र पार्टी भित्र पनि जन सर्मथन बनाउन सकेका छैनन् । सबै भन्दा आश्चर्यजनक कुरा की जनमत पार्टीका केही साँसदले आफ्नै मुख्यमन्त्री सतिश कुमार सिंहलाई पदच्युतगरि यादवको पक्षमा विश्वासको वातावरण बनाउन लागेको छ ।
नेपाली काँग्रेसमा अन्य दावेदारहरु पनि सक्रियरुपमा चर्चामा रहेका छन् । तिनै मध्ये प्रमुखमा राम सरोज यादव, जर्नादन सिंह क्षेत्री र बिरेन्द्र प्रसाद सिंहको नाम पनि ब्यापक चर्चा भईरहेको छ ।
राम सरोज यादव विगतमा पनि भौतिक योजना तथा यातायात मन्त्री र विरेन्द्र प्रसाद सिंह स्वास्थ्य मन्त्री हुँदा देखाएको सक्रियता र कार्यसम्पादनका कारण पार्टीभित्र विश्वास बढेको छ ।
नेपाली कांग्रेस मधेस प्रदेशका उप–सभापति एवं लोकप्रिय युवा नेता माननीय विरेन्द्र प्रसाद सिंहलाई आगामी कांग्रेस नेतृत्वको सरकारमा अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालय जस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनुपर्ने आवाज पार्टीभित्र उठ्न थालेको छ । सिंहले देखाएको कार्य सम्पादन क्षमता, सक्रियता र भिजनका कारण निजलाई क्षमता अनुसार अर्थ वा भौतिक मन्त्रालयमा जिम्मेवारी दिइएमा प्रदेशको हित हुने भन्नेहरु पनि ब्यापक रहेका छन् ।
जनार्दन सिंह क्षेत्री पर्सा बाट निर्वाचित साँसद हुन र निजकै संयोजकत्वमा काँग्रेसका चार जना मन्त्रीहरु निर्वतमान मन्त्री मण्डलमा समावेश थिए । उनी काँग्रेसका वरिष्ट र लोकप्रिय नेताको रुपमा चिनिन्छ ।
कमेन्ट गर्नुहोस्
view comments