प्रेम सम्बन्धकै कारण किशोरी हत्या, शव नदी किनारमा गाडिएको अवस्थामा फेला

14 दिन पहिले प्रकाशित

एजेन्सी, असोज १२ गते । बिहारको नालन्दा जिल्लामा १९ वर्षीया युवतीलाई प्रेम सम्बन्धका कारण आफ्नै परिवारजनले हत्या गरेको आरोपमा घटना बाहिर आएको छ। नूरसराय थाना क्षेत्रअन्तर्गतको नदी किनारमा तीन फिट गहिरो खाल्डो खनेर शव गाडिएको थियो। चार दिनपछि दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलबाट शव उत्खनन गर्दा आपत्तिजनक सामग्री र इन्जेक्सन बरामद भएको छ, जसबाट युवतीलाई विष दिएर हत्या गरिएको आशंका गरिएको छ।

घटनापछि युवतीका परिवारजन गाउँ छोडेर फरार भएका छन्। अनुसन्धानका क्रममा मृतकको कान्छा भाइको बयानपछि वास्तविकता खुलेको प्रहरीको भनाइ छ। मृतक युवती चार भाइ र तीन दिदीबहिनीमध्ये दोस्रो सन्तान थिइन्। मेहनत–मजदुरी गरेर परिवार पाल्दै आएका बुबाआमा प्रेम प्रसङ्ग र गर्भवती भएको घटनालाई परिवारको बदनामीको कारण ठहर गर्दै हत्या गरिएको अनुसन्धानमा देखिएको छ। घटनाबारे थप विवरण पोस्टमार्टम प्रतिवेदनपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?