इन्टरपोल रेड नोटिसमा फरार महिला यूएईबाट पक्राउ
16 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज १० गते । ठगी मुद्दामा इन्टरपोलको रेड नोटिसमा परेकी धनुषाकी एक महिला यूएईबाट पक्राउ परेकी छन्। नेपाल प्रहरीले धनुषा जनकपुरधाम–१६ बस्ने र सिन्धुली कमलामाई–१४ घर भएकी ऐश्वर्या दाहाललाई यूएईमा पक्राउ गरी बिहीबार नेपाल ल्याएको हो। प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार, फरार रहेकी दाहाललाई सम्बन्धित मुद्दामा कारबाही गर्न नेपाल फर्काइएको हो।
गत चैत २१ गते इन्टरपोल महासचिवालयमार्फत रेड नोटिस जारी भएपछि दाहाल पक्राउ सूचीमा परेकी थिइन्। ठगी प्रकरणमा संलग्न रही लामो समयदेखि फरार रहेकी उनलाई अब जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएर आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments