भारत–नेपाल सीमामा फर्जी आधार कार्ड र्‍याकेट, पाँच सञ्चालक पक्राउ

17 दिन पहिले प्रकाशित

एजेन्सी, असोज ९ गते । भारत–नेपाल सीमावर्ती सीतामढी जिल्लामा नेपाली नागरिकलाई अवैध रूपमा आधार कार्ड, जाति प्रमाणपत्र र आवासीय प्रमाणपत्र बनाउने र्‍याकेट पर्दाफास भएको छ। प्रहरीका एसपी अमित रञ्जनले गठन गरेको विशेष टोलीले छापा मार्दै बेला थाना क्षेत्रका पाँच जना CSC (जन सेवा केन्द्र) सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चन्द्रनाथ प्रताप उर्फ मुरारी कुमार, रघुनाथ कुमार, अनिल कुमार, सुनील कुमार र बृजनन्दन कुमार साह रहेका छन्। उनीहरूबाट २० फर्जी आधार कार्ड, ७ ल्यापटप, ७ मोबाइल, आवासीय तथा आय प्रमाणपत्र, जाति प्रमाणपत्र, ४ मूल आधार कार्ड र अङ्गूठा स्क्यानर मेसिनलगायत सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

यो गिरोह वर्षौंदेखि मोटी कमाइको लोभमा अवैध गतिविधि गर्दै आएको र नेपाली नागरिकलाई पैसा लिएर फर्जी कागजात उपलब्ध गराउँदै आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एसडीपीओ आशीष आनन्दको नेतृत्वमा गरिएको कारबाहीपछि प्रहरीले सम्बन्धित व्यक्तिहरूमाथि प्राथमिकी दर्ता गरी थप अनुसन्धान सुरु गरेको छ। एसपी अमित रञ्जनका अनुसार, यस किसिमका गतिविधिले सीमावर्ती क्षेत्रमा गम्भीर सुरक्षा चुनौती थपिएको छ, र पक्राउ परेकामार्फत अन्य संलग्न व्यक्तिको खोजी भइरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?