मधेस सरकारबाट कांग्रेस बाहिरियो, समर्थन फिर्ता लिएपछि सत्ता समीकरण फेरियो

18 दिन पहिले प्रकाशित

जनकपुरधाम, असोज ८ गते ।  मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिस सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै, सरकारमा नबस्ने औपचारिक घोषणा गरेको हो। बैठकपछि दलका नेता कृष्णा यादवले सांसदहरूको सुझावअनुसार समर्थन फिर्ता गरिएको जनाउँदै, ‘जनमत पार्टी बाहिरिएपछि कांग्रेसका लागि पनि सरकारमा बस्नु उचित छैन’ भनेका छन्।

समर्थन फिर्तासँगै कांग्रेसले आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाउने तयारी गरेको छ। करिब १६ महिनापछि कांग्रेस बाहिरिएसँगै चार दलीय गठबन्धन टुटेको छ र अब मुख्यमन्त्री सिंहको सरकारमा एमाले र लोसपा मात्रै बाँकी रहेका छन्। यसअघि २८ भदौमा जनमत पार्टीले पनि समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?