वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ नेता जनमत पार्टी परित्याग
12 घन्टा पहिले
प्रकाशित
काठमाडौं,असोज २ गते । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना नेताहरूले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टी छाड्ने नेताहरूमा केन्द्रीय प्रवक्ता शरद सिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सिके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।
पार्टी परित्यागबारे जानकारी दिँदै प्रवक्ता शरद सिंह यादवले अध्यक्षको दोहोरो भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार, जेनजी आन्दोलनका बेला चीन भ्रमण, मधेश सरकारमा निरन्तर बसाइ, केपी ओली नेतृत्वको सरकारलाई समर्थन र आन्दोलनपछि फेरि समर्थनको घोषणा जस्ता व्यवहारले पार्टीभित्र विश्वासको संकट उत्पन्न भएको थियो। उनले "यस्ता अवस्थाले पार्टी शुद्धीकरण गर्न यही उपयुक्त समय भएको भन्दै आज हामीले पार्टी परित्याग गरेका हौं" भनेका छन्।
कमेन्ट गर्नुहोस्
view comments