नेपालमा दोलखा र गोरखामा भूकम्प, ४.१ र ४ म्याग्निच्युड मापन

2 दिन पहिले प्रकाशित

काठमाडौं , भदौ १७ गते । मंगलबार नेपालमा दुई स्थानमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३:१३ बजे दोलखाको लापिलाङलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको कम्पन आएको हो।

यसअघि बिहान ६:१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु रहेको ४ म्याग्निच्युडको भूकम्प गएको थियो। दुवै भूकम्पले सामान्य कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?