दरभंगामा विद्यालय प्रिन्सिपलको हत्या प्रकरण, प्रेम सम्बन्धकै कारण शिक्षकासहित पति पक्राउ
2 दिन पहिले प्रकाशित

एजेन्सी,भदौ १७ गते । बिहारको दरभंगा जिल्लामा प्राथमिक विद्यालय मधपुरका प्रभारी प्रधानाचार्य राजेशकुमार ठाकुरको हत्या प्रकरणमा चकित पार्ने खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न शिक्षक रुक्मिणी कुमारी र उनका पति अभिलाष कुमारलाई पक्राउ गरेको छ। अनुसन्धानमा खुलासा भएअनुसार, रुक्मिणीसँग प्रिन्सिपल ठाकुरको प्रेमसम्बन्ध रहेको र यसकै विरोध गर्दै अभिलाषले ५० हजार रुपैयाँमा शूटर भाडामा लिएर हत्या गराएको हो। मृतकको भाई मुकेश ठाकुरले दर्ता गराएको उजुरीपछि प्रहरी सक्रिय बनेको थियो।
सकतपुर थाना प्रहरीले जनाएको अनुसार, रुक्मिणी र ठाकुरबीचको सम्बन्धका कारण दाम्पत्य जीवनमा तनाव बढेको थियो। अभिलाषले पटक–पटक चेतावनी दिए पनि सम्बन्ध अन्त्य नभएपछि उनले योजनाबद्ध रूपमा प्रिन्सिपलको हत्या गराएको प्रहरीको दाबी छ। घटनामा संलग्न अन्य शूटरहरूको खोजी भइरहेको र छापामारी जारी रहेको पनि प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments