मदरसा शिक्षकको अश्लील भिडियो सार्वजनिक, तान्त्रिकको नाममा ठगी र दुर्व्यवहारको आरोप
2 दिन पहिले
प्रकाशित
एजेन्सी,भदौ १७ गते । राजस्थानको जोधपुरमा एक मदरसा शिक्षकको अश्लील गतिविधि सार्वजनिक भएपछि व्यापक आक्रोश फैलिएको छ। शहरको घण्टाघर साइकिल मार्केटस्थित पुस्तक पसल सञ्चालन गर्ने उक्त व्यक्तिले तान्त्रिक र वशीकरणको नाममा महिलाहरूसँग अनैतिक हरकत गर्दै आएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो। भिडियो सार्वजनिक भएपछि स्थानीयबासी आरोपितको पसल बाहिर जम्मा भए पनि उनी पसल बन्द गरेर फरार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीयहरूको भनाइअनुसार आफूलाई ‘तान्त्रिक बाबा’ परिचय दिने उक्त व्यक्तिले विभिन्न बहानामा मानिसलाई फसाउँदै आएको र यस्ता घटनामा संलग्न भएको आरोप लागेको छ। पीडितले औपचारिक उजुरी नदिएको भए पनि प्रहरी घटनाबारे अनुसन्धानमा जुटेको बताइएको छ। भिडियो सार्वजनिक भएपछि घटनाले समाजमा नैतिक आक्रोश र सुरक्षा सम्बन्धी चिन्ता थपेको छ।
कमेन्ट गर्नुहोस्
view comments