निजामती विधेयकमा अवकाश उमेर बढाउने प्रस्ताव फिर्ता, मन्त्री न्यौपाने पछि हटिन्

2 दिन पहिले प्रकाशित

काठमाडौं , भदौ १७ गते ।  निजामती सेवामा अवकाश उमेर ५९ वर्ष पुर्‍याउने सरकारको प्रस्ताव अन्ततः कार्यान्वयन नहुने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज संसद्को समितिको बैठकमा प्रतिनिधि सभाले पारित गरेको वर्तमान व्यवस्थाअनुसार नै अघि बढ्ने सहमति जनाउँदै आफ्नो अडान फिर्ता लिइन्। यसअघि उनले अवकाश उमेर तत्काल बढाउनुपर्ने धारणा राखेकी थिइन्, तर समितिमा अल्पमतमा पर्ने निश्चित भएपछि पछि हटेकी हुन्।

मन्त्री न्यौपानेले बैठकमा व्यक्तिगत स्वार्थ वा लाभको आधारमा आफूले कुनै निर्णय नगरेको स्पष्ट पार्दै कर्मचारीहरूको मनोबल र हितलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले बहुमत–अल्पमतको राजनीति भन्दा सहमतिको बाटो अपनाउनुपर्ने भन्दै विधेयक यसै अधिवेशनमा दुवै सदनबाट पारित हुने प्रतिबद्धता दोहोर्याइन्। मन्त्री आफैं प्रस्ताव फिर्ता लिएपछि अब प्रतिनिधि सभाले पठाएको वर्तमान उमेरहद कायम रहने निश्चित भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?