सीतामढीमा दुई जनाको हत्या प्रकरण सुल्झियो, दामादलाई मार्न ससुराले दिए सुपारी

3 दिन पहिले प्रकाशित

एजेन्सी, भदौ १६ गते । बिहारको सीतामढीमा भएको डबल मर्डरको गुत्थी प्रहरीले सुल्झाएको छ। बथनाहा थाना क्षेत्रमा १७ अगस्टमा भेटिएका दुई शवको अनुसन्धानपछि खुलासा भएको छ कि दामादको हत्या गर्नकै लागि ससुराले सुपारी किलर भाडामा लगाएका थिए। दामाद दिलीप सिंहलाई मार्नुअघि उनलाई रक्सी खुवाइएको थियो, र सो क्रममा रक्सी आपूर्ति गर्ने राजेश पासवानको समेत हत्या गरिएको थियो।

पुलिसले सहियाराका भोला साह र बिकाऊ रामलाई पक्राउ गरी उनीहरूको बयानको आधारमा मृतक दिलीप सिंहका ससुरा अक्लू महतोलाई समेत नियन्त्रणमा लिएको छ। अनुसन्धानमा थाहा भएअनुसार, दामाद निरन्तर सम्पत्ति बेच्दै र परिवारलाई दुर्व्यवहार गर्दै आएकोले असन्तुष्ट ससुराले एक लाख रुपैयाँमा हत्या गराउने योजना बनाएका थिए। तीनै अभियुक्तले अपराध स्वीकार गरिसकेका छन् र घटनामा प्रयोग गरिएका मोटरसाइकल, हतियार र कपडा बरामद गरिएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?