भदौ २२ गते खग्रास चन्द्रग्रहण, नेपालभर देखिने

3 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ १६ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भदौ शुक्ल पूर्णिमा, यही भदौ २२ गते आइतबार राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। ग्रहण राति १०:११ बजे सुरु भई ११:५६ मा मध्य हुने र १:४१ बजे सकिनेछ। प्रा. श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण करिब साढे तीन घण्टा काठमाडौँसहित नेपालभर देखिनेछ।

यो विसं २०८२ सालको पहिलो ग्रहण हो भने यसै वर्ष फागुन शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्रग्रहण पनि लाग्नेछ। शास्त्रीय मान्यताअनुसार बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेक अरूले भदौ २२ गते दिउँसो १:११ बजेपछि भोजन गर्न नपाइने उल्लेख छ। समितिले चन्द्रग्रहण सधैं पूर्णिमामा र सूर्यग्रहण औंसीमा लाग्ने परम्परा रहेको पनि जानकारी दिएको छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?