बिहार चुनावअघि पप्पु यादव र लालू परिवार नजिकिँदै, राहुल गान्धीको पहल निर्णायक

2 महीना पहिले प्रकाशित

एजेन्सी,भदौ ९ गते । बिहार विधानसभा चुनाव नजिकिँदै जाँदा महागठबन्धनभित्रको राजनीतिक समीकरण फेरिँदै गएको छ। पछिल्लो समय पूर्णियामा आयोजित मतदाता अधिकार यात्रा ले कांग्रेस नेता राहुल गान्धी, आरजेडी नेता तेजस्वी यादव र पप्पु यादवबीचको दूरी घटाएको छ। यही यात्रा क्रममा तेजस्वीसँग लामो समयदेखि चिसिएको सम्बन्धलाई पप्पु यादवले खुला रुपमा सुधार गर्ने संकेत दिएका छन्। भाषणका क्रममा उनले तेजस्वीलाई जननायक भनेका मात्र होइन, राहुल गान्धीलाई गरीब र संविधानका रक्षक भनेर खुलेआम समर्थन जनाएका छन्।

यसअघि लोकसभा चुनावताका पूर्णियाबाट स्वतन्त्र उम्मेदवार बनेर पप्पु यादवले आरजेडी उम्मेदवार बीमा भारतीलाई हराउँदा लालू परिवारसँगको सम्बन्ध टुटेको थियो। तर, अब राहुल गान्धीको सक्रियताले दुबैबीचको कटुतालाई चिस्याएको देखिएको छ। पूर्णियामा एउटै गाडीमा देखिएका र मंच साझा गरेका पप्पु र तेजस्वीले हात मिलाउँदै हाँसो फेरेको दृश्य सार्वजनिक भएपछि महागठबन्धनभित्र फेरि एकताको सन्देश पुगेको छ। चुनावी मजबूरी होस् वा राहुलको मध्यस्थता, पप्पु यादव र लालू परिवारबीचको मेलमिलाप अब महागठबन्धनलाई नयाँ ऊर्जा दिने संकेतका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?