दहेजका कारण महिलालाई जिउँदै जलाएको हृदयविदारक घटना: पति पक्राउ, अन्य आरोपी फरार
4 घन्टा पहिले प्रकाशित

एजेन्सी,भदौ ८ गते । उत्तर प्रदेशको ग्रेटर नोएडाको कासना थाना क्षेत्रअन्तर्गत सिरसा गाउँमा दहेज लोभी ससुरालीहरूले बुहारीलाई पेट्रोल खन्याएर जिउँदै जलाएको हृदयविदारक घटना बाहिर आएको छ। यो घटनाको समयमा पीडित महिलाकी बहिनीले ससुरालीहरूको कर्तुतको भिडियो बनाएकी थिइन् र आफ्नो माइती पक्षलाई पठाएकी थिइन्। माइती पक्षले तुरुन्तै कासना थानामा पुगेर पुलिसलाई घटनाको जानकारी दिए। पुलिसले घटनाको गम्भीरता देखेर तत्काल मुद्दा दर्ता गर्यो र शवलाई पोस्टमार्टमका लागि पठायो। आरोपी पति विपिनलाई पक्राउ गरिएको छ, तर अन्य ससुरालीहरू फरार छन् र उनीहरूको खोजीमा पुलिस जुटेको छ।
यो घटना सिरसा गाउँको हो, जहाँ दादरीको रूपबासकी निक्की र उनको बहिनीको विवाह सन् २०१६ मा विपिन र उनको भाइसँग भएको थियो। दुवै बहिनीको विवाह एउटै घरमा भएकाले परिवारमा खुसी थियो। तर, विवाहको केही वर्षपछि निक्की र विपिनबीच झगडा सुरु भयो। परिवारले सम्झाउने प्रयास गरे पनि सम्बन्ध सुध्रिनुको सट्टा बिग्रँदै गयो। आरोप छ कि विपिन र उनकी आमा दहेजको माग राख्दै निक्कीलाई बारम्बार कुटपिट गर्थे। विपिन रक्सीको लतमा थिए र प्रायः रक्सी पिएर घर आएर निक्कीलाई कुट्थे। २१ अगस्तमा त हद नै भयो, जब विपिन र उनकी आमाले मिलेर निक्कीमाथि पेट्रोल खन्याएर आगो लगाए। घटनाको भिडियो निक्कीकी बहिनीले बनाएर माइती पक्षलाई पठाइन्, जसपछि पुलिसले तुरुन्तै कारबाही सुरु गर्यो।
कमेन्ट गर्नुहोस्
view comments