प्रतिनिधिसभाको बैठक भदौ १३ गतेसम्म स्थगित
17 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ६ गते । प्रतिनिधि सभाको आजको बैठक भदौ १३ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन्।आजको बैठकमा फरक मतसहित संसदीय समितिहरूले पास गरेका दुईवटा विधेयक सम्बन्धी प्रतिवेदन पेश भएका थिए। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ पेश भएको थियो। समितिले प्रतिवेदन पारित गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), रास्वपा र राप्रपाले फरक मत राखेका थिए।
त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन’ समिति सभापति कुसुमदेवी थापाले पेश गरिन्। यस विधेयकमा पनि नेकपा माओवादी केन्द्र र रास्वपा सांसदहरूले फरक मत राखेका छन्।
कमेन्ट गर्नुहोस्
view comments