नक्कली प्रमाणपत्र प्रकरणमा रास्वपा नेता कँडेल निलम्बित
18 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा बिहीबार पक्राउ परेका कँडेललाई पार्टीले शुक्रबार निलम्बन गरेको हो।
चितवनको कालिका नगरपालिका–५ पदमपुर निवासी कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजकका रूपमा रहेका थिए। पार्टीको केन्द्रीय अनुसन्धान आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले जारी गरेको विज्ञप्तिमा कँडेललाई कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको उल्लेख छ।
रास्वपाको अनुशासन आयोगका अनुसार प्रहरीको अनुसन्धानमा सहजता पुर्याउन कँडेललाई निलम्बन गरिएको हो। प्रहरीले उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा अनुसन्धान सुरू गरेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments