प्रतिनिधिसभामा भूमिसम्बन्धी ऐन संशोधन प्रतिवेदन पेस
3 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ ६ गते । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पारित ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ बिहीबार प्रतिनिधिसभामा पेस भएको छ।
समिति सभापति कुसुमदेवी थापाले प्रतिवेदन सभामा प्रस्तुत गरेकी हुन्।
यसअघि नेकपा माओवादी केन्द्रका सांसदहरूले फरक मत लेख्ने भन्दै शुक्रबारसम्म समय मागेका थिए। तर समितिबाट विधेयक पारित भएपछि उनीहरू फरक मत नराखी बैठकबाट बाहिरिएका थिए। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पनि असहमति जनाउँदै बैठक बहिष्कार गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments