लिपुलेक सम्झौतामा कांग्रेसको आपत्ति, सबै दललाई एकजुट हुन आग्रह
3 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ ५ गते । सत्ता साझेदार नेपाली कांग्रेसले भारत र चीनबीच लिपुलेक प्रयोग गरी सीमा व्यापार गर्ने सम्बन्धी भएको पछिल्लो सम्झौताप्रति गम्भीर असहमति जनाएको छ। बिहीबार संसदको विशेष समयमा बोल्दै पार्टी महामन्त्री गगनकुमार थापाले नेपाललाई बाहिर राखेर गरिएको सम्झौता आपत्तिजनक र अस्वीकार्य रहेको टिप्पणी गरे। उनले यो विषयमा सरकारले अघि बढाएको पहललाई सबै दललाई समेटेर अघि लैजानुपर्ने आवश्यकता औँल्याए।
महामन्त्री थापाले लिपुलेकबारे भारत र चीनको कदमलाई कुनै पनि दलले घरेलु राजनीतिको विषय नबनाउन आग्रह गरे। ‘हिजो पनि हामी सबै दल एक ठाउँमा उभिएका थियौँ, आज पनि उभिनै पर्छ,’ उनले भने, ‘हाम्रा मतभिन्नता र प्रतिस्पर्धा आ–आफ्नो ठाउँमा छन्, तर यस विषयमा राष्ट्रिय एकता आवश्यक छ।’ थापाले उग्र राष्ट्रवादको जालोमा नफस्न पनि सचेत गराउँदै राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए।
कमेन्ट गर्नुहोस्
view comments