अलपत्र अवस्थामा पूल “एक चुपचाप बिर्सिदै गईरहेको संरचना”
2 घन्टा पहिले प्रकाशित

संतोष कुमार मिश्र
जनकपुरधाम, भदौ ३ गते । अलपत्र अवस्थामा पूल “एक चुपचाप बिर्सिदै गईरहेको संरचना”पूल निर्माण गर्नु भनेको दुई किनारालाई जोड्नु हो । भौगोलिक रूपमा मात्र होइन, आर्थिक, सामाजिक, र सांस्कृतिक दृष्टिकोणले पनि कुनै खोलामा पूल बनाउँदा त्यहाँका स्थानीय बासिन्दाहरूको दैनिक आवागमन सजिलो हुन्छ, कृषि उपज बजारसम्म पु–याउन सजिलो हुन्छ, र बालबालिकाहरूको विद्यालय जान सहज हुन्छ । त्यसैले स्थानीय र संघीय सरकारहरूले विभिन्न ठाउँमा पूल निर्माणमा लगानी गरेका छन् । तर जब योजनाहरू कागजमा मात्र सीमित रहन्छन्, वा ठेकेदार, जनप्रतिनिधि, र सरकारी अधिकारीबीचको समन्वयमा कमी आउँछ, तब ती पूलहरू अलपत्र बन्छन् ।
त्यसै संदर्भमा जनकपुरधाम उप–महानगरपालिका वडा नं. २३ र २४ जोड्ने मात्रै नभई सिमावर्ती क्षेत्र नेपाल–भारतको जटही बोर्डरसम्म पु¥याउने सड़क त बन्यो तर ती दुई वडाको बीच रहेका पुल लगभग ५–७ वर्ष देखि अलपत्र अवस्थामा रहेका छन् । जुन वर्षायाम आउने बित्तिकै स्थानीयवासी र स्कुल जाने बालवालिकाको लागि एउटा चुनौती रुपमा परिनत हुन्छन् । विन्धी, लादो, बेलाका बालबालिकालाई बसहिया स्कुल पुग्न पुल बन्दा २ किलोमिटरको बाटो मात्रै लाग्ला भने अहिले वर्षायाममा पुल नभएर लगभग ६–८ किलोमिटर दुरी पार गर्नुपर्छ । वास्तवमा यसको जिम्मेवार को हुन त ? यस्ता खालका समस्या तर्फ स्थानीय सरकार देखि केन्द्र सरकार सम्मले गम्भिर रुपमा ध्यान दिई समस्या समाधान तर्फ लाग्न जरुरी देखिन्छ । पूलहरू केवल संरचना होइनन्, ती जनजीवनका सेतु हुन् । जब पुल अलपत्र हुन्छ, तब त्यसको असर सम्पूर्ण समुदायमा पर्छ । आज हामीले अलपत्र अवस्थामा रहेका पुलप्रति ध्यान नदिने हो भने भोलिका दिनमा हामी आफैँ त्यसको मूल्य चुकाउनु पर्नेछ । त्यसैले बनेका पूलहरूको संरक्षण गरौं, अधुरा पूलहरू पुरा गरौं, र नयाँ पूल बनाउँदा दीर्घकालीन सोच राखौं ।
कमेन्ट गर्नुहोस्
view comments