नेपालभारत महिला मैत्री समाजद्वारा निःशुल्क व्हीलचेयर प्रदान
2 घन्टा पहिले प्रकाशित
घनश्याम मिश्र
जनकपुरधाम, बैशाख ११ गते । महोत्तरीको दुइ गाउ पालिकाका दर्जनों विशेष खूबी (अपांगता) भएका व्यक्तिलाई निःशुल्क रुपमा व्हीलचेयर वितरण गरिएको छ । नेपाल भारत महिला मैत्री समाजको आयोजनमा ह्वील चेयर वितरण गरिएको समाजका अध्यक्ष चन्दा चौधरीले बताउनु भयो । सशस्त्र प्रहरीबल नेपाल नम्बर ९ महोत्तरीको समन्वयमा महोत्तरीको सोनमा गाउपालिका-३ स्थित नेपाल राष्ट्रीय आधारभूत विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा १७ जना व्यक्तिलाई व्हीलचेयर वितरण गरिएको हो।
समाजलाई आबश्यक्ता परेको बखत सुख र दुःखमा आफूहरुले विभिन्न समयमा यस्ता सहयोग गर्दै आएको पूर्व मन्त्री समेत रहनु भएकी अध्यक्ष चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भयो। उनके आफूहरु भूकम्पको समयमा भित्री पहाड़मा र कोरोनाको बेला समेत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको बताउनु भयो । कार्यक्रममा समसी गाउपालिकाकी उपाध्यक्ष अनिता कुमारी यादव , सोनमा गापा ३ का वडाअध्यक्ष राम प्रमोद सहनी, सशस्त्र प्रहरीबल नेपाल नम्बर ९ महोत्तरीका प्रमुख प्रहरी उपरिक्षक शेर बहादुर अधिकारीले सिमानकामा व्हीलचेयर प्रयोगकर्तालाई निःशुल्क रुपमा यो प्रदान गर्ने संस्थालाई र सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो। त्यस्तै कार्यक्रममा सीमा गुल्म रघुनाथपुरका गुल्मपति प्रहरी नायब उपरीक्षक गणेश पाण्डे, राष्ट्रीय अपांग संघका प्रतिनिधि, बिद्यालयका प्रतिनिधि, नेपाल प्रहरीका प्रतिनिधि सहितको उपस्थिति रहेको थियो ।
_1777031460_0.jpeg)

_1777031460_2.jpeg)
_1777031460_3.jpeg)
_1777031460_4.jpeg)

कमेन्ट गर्नुहोस्
view comments