जनकपुरधाममा रामभद्राचार्य : बालेन्द्र शाहको नीति र दृष्टिकोणप्रति असन्तुष्टि
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ६ गते । जनकपुरधाममा जानकी मन्दिर दर्शनका क्रममा विश्वप्रख्यात हिन्दू धर्मगुरु स्वामी रामभद्राचार्यले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारतप्रति रहेको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रधानमन्त्री शाहको रवैया भारतप्रति सकारात्मक हुनुपर्ने सुझाव दिँदै वर्तमान दृष्टिकोण उपयुक्त नभएको बताएका हुन्।
रामभद्राचार्यले प्रधानमन्त्री शाहलाई हिन्दूत्वप्रति आकर्षण बढाउन सुझाव दिँदै उनी अझै युवा भएकाले राजनीतिमा परिपक्वता आवश्यक रहेको टिप्पणी गरे। साथै, उनले स्वर्गीय राजा वीरेन्द्रको समयमा प्रचलित केही परम्पराहरू पुनःस्थापना गर्न सके राम्रो हुने धारणा राखेका छन्। उनले नेपालमा बढ्दो धर्मान्तरणप्रति चिन्ता व्यक्त गर्दै राजसंस्था पुनर्स्थापनाको पक्षमा समेत आफ्नो विचार राखेका छन्।
उनले नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्ने उल्लेख गर्दै दुवै देश मिलेर क्षेत्रीय रूपमा सशक्त बन्न सक्ने बताए। साथै, नेपाल कुनै पनि देशप्रति अत्यधिक निर्भर हुनु नहुने धारणा राख्दै विशेषगरी चीनप्रति निर्भरता बढ्न नदिनुपर्ने सुझाव दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments