सिरहा नगरपालिकामा कर्मचारी–जनप्रतिनिधि विवादले सेवा प्रभावित

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ११ गते । सिरहा नगरपालिकाभित्र कर्मचारीमाथि दुर्व्यवहार र जनप्रतिनिधिसँग बढ्दो विवादका कारण कार्यालयको नियमित सेवा प्रवाह प्रभावित भएको छ। प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुका अनुसार पछिल्लो समय कर्मचारी र केही जनप्रतिनिधिबीचको तनावले कार्यालयको वातावरण असहज बनेको छ। चैत २३ गते मेयरद्वारा कर्मचारीमाथि कुटपिट भएको घटनापछि स्थिति झन् जटिल बनेको जनाइएको छ।

नगरपालिकाद्वारा जारी सूचनाअनुसार केही जनप्रतिनिधि तथा उनीहरू सम्बद्ध समूहले कार्यालयभित्र अनावश्यक हस्तक्षेप गर्दै कर्मचारीमाथि दबाब, धम्की र दुर्व्यवहार गरिरहेका छन्, जसका कारण प्रशासनिक तथा आर्थिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको छ। वैशाख १० गतेको कर्मचारी बैठकमै कार्यालय प्रमुखसहित कर्मचारीमाथि दुर्व्यवहार भएपछि सुरक्षित वातावरणमा काम गर्न कठिन भएको जनाइएको छ। नगरपालिकाले समस्या समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयजिल्ला प्रशासन कार्यालय सिरहासँग समन्वय र सहयोगको माग गर्दै सेवा प्रवाहलाई वैकल्पिक रूपमा निरन्तरता दिने प्रयास भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?