बराको बिश्रामपुरमा युवाहरु कुुलतमा फँस्दै

2 घन्टा पहिले प्रकाशित

धिरेश दत्त
जनकपुरधाम,बैशाख ७ गते सोमबार। बराको बिश्रामपुरमा नवयुवाहरु कुुलतमा फँस्द गईरहेका छन्।सीमावर्ती जिल्लाहरुबाट चोरी तस्करीगरि लागुऔषध नेपाल भित्रयाई बेचबिखन गर्नुको साथै यसको सेवनले गर्दा समेत यहाँका नवयूवाहरु कुलतमा फँस्दै गईरहेका छन् ।

अभिभावकहरुको आफ्नो सन्तान प्रतिको निगरानीमा कमी र साथीभाईहरुको लहलहैमालागी समेत यसको संख्या बढ्दै गईरहेको स्थानीय मो.सबीर मियाँ अन्सारीले बताए ।

उहाँले बाराको बिश्रामपुर गाउँपालिका वार्ड नं.५ बस्ने अन्दाजी बर्ष २५ का मो.शेख जहिरको छोरा शेख अजाद नकटुवा स्थित पवित्र धार्मीक स्थल शिव मन्दिरमा बसी खुल्लम खुल्ला लागू औषध सेवन गरेको र अरु साथीभाईहरुलाई समेत गर्न लागएता पनि स्थानीय र सम्बन्धित निकाय मौन देखिएको बताए। सार्वजनिक स्थलमा यसो खुल्ला रुपले लागुऔषध सेवन गर्नु र अरुलाई समेत सेवन गर्न लाउनु अपराध हो । उसलाई दण्डित गर्नुपर्छ भन्ने उनको भनाई छ । लागू औषध सेवनले गर्दा भर्खरका यूवापिढिहरु सबै कुलतमा फँस्दै गईरहेको प्रति चिन्ता ब्समेत ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?