राहुल गांधीको आरोप– ‘एसआईआरमार्फत चुनाव चोरी गर्ने प्रयास, विपक्ष सफल हुन दिने छैन’
9 घन्टा पहिले प्रकाशित

एजेन्सी, भदौ १ गते । लोकसभा प्रतिपक्षका नेता राहुल गांधीले बिहारमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रियामार्फत चुनाव चोरी गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । आइतबार ‘वोटर अधिकार यात्रा’ सुरु गर्नुअघि आयोजित सभामा बोल्दै उनले देशभर नै मत चोरी हुने खेल भइरहेको दाबी गरे । “हामीले प्रेस कन्फरेन्समै देखाएका छौं कसरी मत चोरी हुन्छ,” भन्दै उनले एनडीए अरबपतिहरूसँग सरकार चलाइरहेको र जनताको मत अपहरण गरिरहेको आरोप लगाए ।
राहुलले यो संविधान बचाउने लडाइँ भएको उल्लेख गर्दै आरएसएस र भाजपामाथि संविधान मेटाउने षड्यन्त्र चलाइरहेको दाबी गरे । महाराष्ट्रदेखि बेंगलुरुसम्मका उदाहरण दिँदै उनले एसआईआरमार्फत मतदाता नाम हटाउने र थप्ने काम गरेर चुनावी परिणाम प्रभावित पार्ने प्रयास भएको बताए । “जहाँ जहाँ मत चोरी हुन्छ, हामी त्यो चोरी जनतासामु उजागर गर्नेछौं,” उनले भने । उक्त सभामा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, राजद अध्यक्ष लालु प्रसाद यादव, पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव, सीपीआई (माले) महासचिव दीपांकर भट्टाचार्य, भिकासशील इन्सान पार्टीका प्रमुख मुकेश सहनीसहित महागठबन्धनका नेता सहभागी थिए । १६ दिनमा १,३०० किलोमिटर यात्रा गर्ने कार्यक्रममा मतदाता सूची पुनरीक्षणसम्बन्धी मुद्दालाई प्रमुख एजेन्डा बनाइएको छ ।
कमेन्ट गर्नुहोस्
view comments