भारतीय विदेश सचिव मिस्री आज काठमाडौं, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिने

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ १ गते । भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँगको भेटवार्ता तथा उच्चस्तरीय राजनीतिक भेटघाटका लागि काठमाडौं आइपुग्दैछन् । भारतीय वायुसेनाको विमानमार्फत आउने उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणालगायतका शीर्ष नेतृत्वसँग भेट्ने कार्यक्रम तय भएको छ । भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणासमेत दिनेछन् । प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने तयारीमा छन् ।

मिश्रीको यो औपचारिक भ्रमणका क्रममा नेपाल–भारत साझेदारीका विविध पक्षमा छलफल हुने जनाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कनेक्टिभिटी, विकास सहयोग, आपसी हितका विषयमा दुई देशका परराष्ट्र सचिवबीच गहन वार्ता हुनेछ । भारतको विदेश मन्त्रालयले पनि नेपाललाई भारतको उच्च प्राथमिकता रहेको भन्दै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ । यसै क्रममा ओली र मोदीबीच बिहारको बोधगयामा विशेष भेटवार्ता गराउने तयारीसमेत गरिएको छ, जहाँ बुद्धले ज्ञान प्राप्त गरेको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?