वकील साहबको कालो कर्तुत : जवरजस्ती करणी मुद्दामा फरार अधिवक्ता प्रमोद काठमान्डूबाट पक्राउ

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, भदौ १ गते । घटना २०८१ माघ १२ गते , बिहान ७ बजेको हो। चिसो यामको बेला कुहिरो लागेको मौका छोपी अधिवक्ता प्रमोद सहित ३ जनाको समुहले क्षिरेश्वर नपा वार्ड ९ बस्ने एक महिलालाई आरोपी प्रमोद सहितको व्यक्तिहरूले जजक गररेको पीडितको आरोप छ। घटना पश्चात प्रहरीकोमा उजुरी लिएर पुगेका पीडित पक्षको उजुरी (मुद्दा) दर्ता न गर्न बारका पदाधिकारीहरु प्रहरीलाई दबाब दिएका थिए । बाध्य भएर पीडित पक्ष अदालत मार्फत परमादेश जारी गराई मुद्दा दर्ता गरे। फरार प्रमोद सहितको समूहलाई प्रहरीले खोज्दै जाँदा शुक्रवार काठमान्डूबाट पक्राउ गरेर धनुषा ल्याउन लागेको प्रहरी श्रोतको दावी छ । काठमान्डूको बानेश्वरतीनकुने क्षेत्रबाट सादा पोशाकका प्रहरीले प्रमोदलाई पक्राउ गरेको हो । यस विषयमा धनुषा प्रहरीले आफूलाई जानकारी न रहेको प्रहरी प्रवक्ता वरुण बहादुर सिंहले जनाएका छ्न । प्रहरीले बोल्न न मानेपनि पक्राउ परेको पीडित पक्ष स्वयंले हामीलाई जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?