रक्षा मन्त्री राईको द्रुतमार्गबारे आशंका: “०८३ भित्र सक्ने सम्भावना कम”
2 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण २९ गते । रक्षा मन्त्री मानवीर राईले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) ०८३ सालभित्र पूरा हुने सम्भावनाप्रति शंका व्यक्त गरेका छन्। बिहीबार सिंहदरबारमा भएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति, समस्या र समाधानका प्रयासबारे जानकारी दिँदै उनले द्रुतमार्ग निर्माणमा सरकारले प्राथमिकता दिएको बताए।
राईका अनुसार नेपालमा अन्तर्राष्ट्रिय स्तरको सडक बन्ने प्रक्रियामा भए पनि, जमिन अधिग्रहण जस्ता अवरोधका कारण समयसीमा प्रभावित हुनसक्नेछ। उनले मेलम्ची परियोजनाजस्तो लामो ढिलाइ भने नहुने स्पष्ट गर्दै, अन्य देशहरूमा सरकारी स्वामित्वको जमिन भएकाले सहज हुने तर नेपालमा व्यक्तिगत स्वामित्वका कारण कठिनाइ हुने बताए। मन्त्री राईले नेपाली सेना जुनसुकै सरकारअन्तर्गत पनि अनुशासित ढंगले द्रुतमार्ग निर्माणमा जुटिरहेको उल्लेख गरे।
कमेन्ट गर्नुहोस्
view comments