चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ उपकुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण
2 घन्टा पहिले प्रकाशित

काठमाडौं, श्रावण २९ गते । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत बहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजन कुमार रोकायालाई नियुक्त गरेका थिए।
शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले चारै उपकुलपतिलाई कुलपतिका हैसियतमा शपथ खुवाउँदै स्वच्छ, पारदर्शी र जनविश्वास आर्जन गर्ने कार्यशैली अपनाउन शुभकामना व्यक्त गरे।
कमेन्ट गर्नुहोस्
view comments