नीतीश कुमारको नेतृत्वमा बिहारमा विकासको नयाँ अध्याय, ‘सात निश्चय’ कार्यक्रमबाट शिक्षा, स्वास्थ्य र पूर्वाधारमा क्रान्ति
2 महीना पहिले प्रकाशित

एजेन्सी, श्रावण २७ गते । बिहारका मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा २००५ पछि राज्यमा जनजीवन सुधारका लागि व्यापक कदम चालिएको छ। ‘सात निश्चय’ कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र महिलाको सशक्तीकरणका थुप्रै योजना कार्यान्वयनमा आएका छन्। सडक र बिजुलीको क्षेत्रमा भएको उल्लेखनीय प्रगतिले पूर्वाधार विकासमा नयाँ आयाम थपेको छ। महिलालाई सशक्त बनाउँदै पंचायत र नगर निकाय चुनावमा पहिलो पटक ५० प्रतिशत आरक्षण र सरकारी सेवामा ३५ प्रतिशत कोटा सुनिश्चित गरिएको छ।
शिक्षा क्षेत्रमा मात्र २०२५–२६ का लागि ६०,९६४ करोड भारतीय रुपैयाँको बजेट विनियोजन गरिएको छ। पोशाक योजना र साइकल योजनामा डाइरेक्ट बेनिफिट ट्रान्सफरमार्फत विद्यार्थीलाई प्रत्यक्ष सहयोग पुर्याइँदैछ। सडक सञ्जाल विस्तारले टाढाका गाउँसम्म पुग सहज भएको छ भने ‘हरेक घरमा बिजुली’ लक्ष्य पूरा भइसकेको छ। ‘सात निश्चय’ अन्तर्गतका युवा शक्ति, सशक्त महिला, हरेक खेतसम्म सिंचाइ, स्वच्छ गाउँ–शहर, सुलभ यातायात र थप स्वास्थ्य सुविधा जस्ता योजनाले बिहारको विकासको रोडम्यापलाई तीव्रता दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments