उत्तराखण्डको बाढी–पहिरोमा २६ नेपाली बेपत्ता, दूतावासद्वारा नामसूची सार्वजनिक
2 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण २७ गते । भारतको उत्तराखण्डमा आएको भीषण बाढी–पहिरोमा बेपत्ता भएका २६ जना नेपालीको नाम दिल्लीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको छ। दूतावासका अनुसार उत्तरकाशीको धरालीमा २१ जना र पौडीगढवालको बंकुरामा पाँच जना बेपत्ता भएका छन्। धरालीमा हराउनेमध्ये अधिकांश होटल र स्याउ फार्ममा काम गर्न गएका श्रमिक रहेको दूतावासले जनाएको छ।
मंगलबार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गस्थित धराली बजार पूर्ण रूपमा क्षति पुर्याएको छ। बाढीका कारण सो क्षेत्रका होटल तथा स्याउ फार्ममा कार्यरत नेपालीहरू पनि प्रभावित भएको आशंका गरिएको छ। दूतावासले खोजी तथा उद्धार कार्य तीव्र पारिएको र बेपत्ताहरूको अवस्थाबारे यथाशीघ्र जानकारी दिने प्रतिबद्धता जनाएको छ।

कमेन्ट गर्नुहोस्
view comments