सुनसरीमा बस–विङ्गर ठोक्किँदा ३ मृत्यु, १५ घाइते

3 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण २६ गते ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा आज बिहान बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार २ जनाको घटनास्थलमै र उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ।

घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो तथा नोबेल अस्पतालमा उपचार भइरहेको छ। बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?