सरकार नयाँ सवारी तथा यातायात ऐन ल्याउने तयारीमा

3 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण २६ गते ।  यातायात व्यवस्थापन सुधार र ट्राफिक नियम उल्लङ्घन न्यूनिकरण गर्ने उद्देश्यसहित सरकारले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउन तयारी गरेको छ। ‘सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ को मसौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पठाइसकेको छ। मन्त्रीपरिषद्बाट स्वीकृति पाएपछि विधेयक संसद्मा पेश गरिनेछ। मन्त्रालयका सहसचिव कृष्णराज पन्थका अनुसार नयाँ ऐनमार्फत सडक यातायात सेवा सहज, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाउँदै गुणस्तरीय यातायात सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

मसौदामा ट्राफिक नियम उल्लङ्घनका ३४ प्रकारका गल्तीमा तत्काल कारबाहीको व्यवस्था गरिएको छ। पाँच सयदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहित चोरीका सवारीसाधन चलाएमा ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था प्रस्ताव गरिएको छ। मन्त्रालयका अनुसार नयाँ ऐनले कारबाहीको दायरा र जरिवाना रकम दुवै एकैपटक बढाउनेछ, जसबाट नियम उल्लङ्घनमा कमी आउने र यातायात प्रणाली अझ अनुशासित बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?