साउन अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

3 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण २६ गते ।  साउन महिनाको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्ने भक्तजनको भीड लागेको छ। साउन महिनाका हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गरेका छन्। धार्मिक मान्यताअनुसार साउन महिना र सोमबार भगवान् शिवको महिना र बार भएकाले यस दिन बिहान स्नान गरी शिवालयमा पूजा गर्दा मनोकामना पूरा हुने र अटल सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ।

यस अवसरमा श्रद्धालुहरूले व्रत, पूजापाठ, दानलगायत धार्मिक क्रियाकलाप सम्पन्न गरेका छन्। पशुपतिनाथ मन्दिर मात्र नभई देशभरका शिवालयहरूमा विशेष गरी महिला भक्तजनको घुइँचो देखिएको छ। भक्तजनहरू बिहानैदेखि लामबद्ध भएर दर्शन तथा पूजामा सहभागी भएका छन्, जसले धार्मिक वातावरणलाई झनै उत्साहपूर्ण बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?