जनमत पार्टीबाट दीपक कुमार साह निष्कासित

10 दिन पहिले प्रकाशित

जनकपुरधाम, श्रावण २३ गते । जनकपुरधाम, श्रावण २२ गते । जनमत पार्टी केन्द्रीय अनुशासन समितिले सुनसरी निवासी  दीपक कुमार साहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ।
यसअघि साहलाई छ महिनासम्म निलम्बन गरिएकोमा सो अवधीमा पनि पार्टी बिरोधी गतिविधी जारी राखेकोले उनलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको जनमत पार्टीले जनाएको छ ।
साहलाई पार्टीको नीति, विधान, र नेतृत्व प्रतिको अवज्ञा गरेको, पार्टीविरोधी गतिविधि सञ्चालन गरेको, तथा पार्टीकाे निर्णयहरूलाई निरन्तर बेवास्ता गरेको ठहर गर्दै निष्कासनको निर्णय लिएको हो।
पार्टीका केन्द्रीय अनुशासन समितिका संयोजक तथा पार्टी उपाध्यक्ष ई. नरेंन्द्र प्रसाद चौधरी र अनुशासन समिति सचिव अनिता कुमारी मण्डलले हस्ताक्षर गरेकाे पत्रमा उल्लेख भएअनुसार साहलाई २०७९ चैत११ मा स्पष्टीकरण सोधिएको थियो। तर उनले समयमै र स्पष्ट रूपमा स्पष्टीकरण नपठाएको र त्यसपछि पनि अनुशासनहीन गतिविधि जारी राखेको थियो ।
पार्टी बैठक र निर्णयमा अनुपस्थित रहनु (अनुच्छेद ३३(क)-१), पार्टी विरोधी भेलाहरू आयोजना गर्नु र गतिविधि सञ्चालन गर्नु (३३(क)-३), पार्टीले लिएको नीति र निर्देशन विपरीत सार्वजनिक अभिव्यक्ति दिनु वा गतिविधि गर्नु (३३(क)-५), पार्टीको निर्णयविपरीत आन्दोलन र कार्यक्रममा सहभागी हुनु (३३(क)-९), र पार्टीको नाम, छाप, ब्यानरलगायतको अवैध प्रयोग गरी कार्यक्रम सञ्चालन गर्नु (३३(क)-७) लगायतका पार्टी विरोधी कार्य साहले गरेका छन् ।
निलम्बनपछि पनि साहले पार्टीकाे नाम र सामग्री प्रयोग गरी अवैध रूपमा कार्यक्रम गर्नेदेखि विभिन्न ठाउँमा पार्टीविरोधी नाराबाजी गर्ने कामसमेत गरेका छन्। पार्टीले यस्तो कार्य पार्टी विधान र नियमावलीको गम्भीर उल्लंघन भएको जनाएको छ।
साहको यस्तो गतिविधिले जनमत पार्टीको आन्तरिक एकता र अनुशासनमा प्रतिकूल असर पारेको र यसले पार्टीको साख र संगठनात्मक संरचना कमजोर बनाउन सक्ने ठहर गर्दै उनलाई  पार्टीबाट पूर्ण रूपमा निष्कासित गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?