‘नाडा अटो शो २०२५’ भदौ ३ गतेदेखि, अत्याधुनिक प्रविधि र गाडी ब्रान्डहरूको आकर्षक प्रदर्शन

11 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण २२ गते । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा ‘नाडा अटो शो–२०२५’ आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ। पाँच दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने तय भएको छ। "गो फर मोर" भन्ने मूल नारासहित आयोजना हुने यो संस्करणमा स्मार्ट मोबिलिटी, उन्नत प्रविधि र दिगोपनलाई विशेष प्राथमिकता दिइने आयोजकले जानकारी दिएको छ।

यसपटकको अटो शोमा युनिट्री रोबोट्स जस्ता अत्याधुनिक चारपांग्रे रोबोटदेखि भविष्यको उड्ने सवारी डिपल इभटोल युएभीको झलकसमेत देख्न पाइनेछ। १९ वटा चारपांग्रे, १३ हल्का व्यावसायिक, ४ दुईपांग्रे सवारी ब्रान्ड तथा ३५ अन्य कम्पनीसहित १२५ भन्दा बढी प्रदर्शक सहभागी हुनेछन्। करिब ३ लाख वर्गफुटमा फैलिएको यो प्रदर्शनीमा १ लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको छ। खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्दा २०५ रुपैयाँ क्यासब्याक सुविधा उपलब्ध हुने र प्रदर्शनीस्थलमा दुईपांग्रे, चारपांग्रे, अटो पार्ट्स र वित्तीय सेवा लगायत छुट्टाछुट्टै जोनको व्यवस्था गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?