सहकारी ठगी प्रकरण: रवि लामिछानेले थुनामुक्तिका लागि पुनः अदालतमा निवेदन
11 दिन पहिले
प्रकाशित
काठमाडौं, श्रावण २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुर्पक्षका लागि थुनामा रहँदै आएका रुपन्देही कारागारबाट रिहा गराउन माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्। साउन १९ गते दर्ता गराइएको निवेदनमा लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार धरौटी, जमानत वा बैंक जमानतमा थुनामुक्त गर्न सकिने कानुनी व्यवस्था उल्लेख गरेका छन्।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीमा ठगी अभियोग लागेपछि जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उक्त आदेशलाई उच्च अदालतले उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। यसअघि पनि उनी ८४ दिन हिरासतमा बसेपछि २५ दिन मात्रै बाहिर रहेका थिए। उनी हाल चैत २५ यता रुपन्देही कारागारमा थुनामा छन्।
कमेन्ट गर्नुहोस्
view comments