दुर्गा प्रसाईंको रिहा आदेशविरुद्ध सर्वोच्च जाने तयारीमा सरकार
13 दिन पहिले प्रकाशित

काठमाडौं,श्रावण २० गते । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारले सर्वोच्च अदालत जाने तयारी थालेको छ। महान्यायाधिवक्ता कार्यालयले सो आदेश वर्तमान कानून र न्यायका सिद्धान्तविपरीत भएको भन्दै बदरको माग गर्दै सर्वोच्चमा पुनरावलोकन गर्न उच्च सरकारी वकिलको कार्यालयलाई आवश्यक प्रतिवेदनसहित राय पेश गर्न निर्देशन दिएको हो।
१५ चैतमा भएको राजावादी आन्दोलनसँग सम्बन्धित मुद्दा र बैंकिङ कसुर दुबैमा प्रसाईंलाई पाटन उच्च अदालतले आइतबार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। अदालतले तीनकुने प्रकरणमा ३ लाख र बैंकिङ कसुर मुद्दामा २५ लाख धरौटी माग गरेको थियो। जबकि बैंकिङ प्रकरणमा उनीमाथि १८ करोड ४४ लाख रुपैयाँ बिगो आरोप छ। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीका अनुसार आदेशको गम्भीर अध्ययन गरी सर्वोच्च अदालतमा चुनौती दिइनेछ।
कमेन्ट गर्नुहोस्
view comments