‘बहुविवाहलाई प्रोत्साहन गर्ने कानुन होइन’ – कानुनमन्त्री चौरसियाको स्पष्टिकरण

15 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण १८ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले बहुविवाहलाई प्रोत्साहन गर्ने उद्देश्यले कुनै कानुनी प्रस्ताव नल्याएको स्पष्ट पारेका छन्। आइतबार नेपाल महिला संघले बुझाएको ज्ञापनपत्रपछि प्रतिक्रिया दिँदै मन्त्री चौरसियाले, सञ्चारमाध्यममा आएका समाचारहरू भ्रामक रहेको बताउँदै सरकारले महिलाको हक अधिकारलाई कमजोर पार्ने गरी कुनै पनि कानुन नल्याउने प्रतिबद्धता जनाए।

उनका अनुसार प्रस्तावित कानुनी संशोधनको उद्देश्य गलत सम्बन्धबाट जन्मिएका सन्तानको अधिकार सुनिश्चित गर्नु हो, बहुविवाहलाई कानुनी मान्यता दिनु होइन। “शब्दवाचनबाट गलत अर्थ लाग्ने स्थिति भएमा त्यसलाई सच्याउन सरकार तयार छ,” मन्त्री चौरसियाले बताए। उनले पुरुष वा महिला जो कसैले ढाँटेर सम्बन्ध बनाएको हो भने, कानुनले दुवैलाई समान रूपमा कारबाही गर्ने व्यवस्था गरिने स्पष्ट पारे। संशोधन मस्यौदा अझै मन्त्रिपरिषद्को समितिमा छलफलमै रहेकाले यो अन्तिम धारणा नमान्न पनि उनले आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?