मधेसमा मन्त्री हेरफेर तत्काल टर्‍यो, सत्ता गठबन्धनको मौनताले फेरबदल रोकियो

7 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १८ गते । मधेस प्रदेश सरकारको नेतृत्व परिवर्तनको प्रयास विफल भएपछि मन्त्री हेरफेरको प्रक्रिया पनि तत्कालका लागि स्थगित भएको छ। यद्यपि एक वर्षको कार्यकाल पूरा भएसँगै मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको थियो, तर संघीय सत्ता गठबन्धनले स्पष्ट संकेत नदिएपछि मन्त्री हेरफेर हुने सम्भावना हाललाई टरेको देखिएको छ। मुख्यमन्त्री सतिसकुमार सिंहले संघीय गठबन्धनबाट निर्देशन नआएसम्म मन्त्री परिवर्तन नहुने बताएका छन्।

गत वर्ष जेठमा गठित मधेस सरकारमा नेपाली कांग्रेस, एमाले, जनमत पार्टी र लोसपाको सहभागिता रहेको छ। जनमत पार्टीले भने आफ्नो एक वर्षे कार्यकाल पुगेपछि दुई मन्त्री फिर्ता बोलाएर नयाँ प्रतिनिधि पठाइसकेको छ। त्यहीँबाट मन्त्रिपरिषद् हेरफेरको चर्चा चलेको थियो। तर मुख्यमन्त्री परिवर्तन गर्न खोजिएको प्रयास असफल भएपछि, सत्तारुढ दलभित्र आन्तरिक शक्ति सन्तुलन कायम गर्न नसकिएकाले फेरबदल प्रक्रिया थाति रहेको बताइएको छ। मुख्यमन्त्री सिंहले केन्द्रबाट स्पष्ट सन्देश आएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?