चार संसदीय समितिका बैठक आज, विधेयक र राष्ट्रिय सरोकारमा छलफल

17 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण १६ गते । संघीय संसद अन्तर्गत रहेका चार संसदीय समितिका बैठकहरू आज तोकिएको समयमा बस्दै छन्। बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राष्ट्रिय गौरव आयोजनाहरूको प्रगति, समस्या र समाधान प्रयासबारे छलफलका लागि बस्नेछ।

१२:३० बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयकमाथि सरोकारवालासँग परामर्श गर्नेछ भने १ बजे विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयकमाथि दफावार छलफल गर्नेछ। त्यसपछि २:३० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ जसमा मिडिया काउन्सिल विधेयकमाथि विस्तृत छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?