प्रधानमन्त्री ओलीको आह्वान : कोदो प्रवर्द्धनमा सबै जुटौं
17 दिन पहिले प्रकाशित

काठमाडौं, श्रावण १६ गते ।प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत र पोषणयुक्त खाद्यान्न कोदोको प्रवर्द्धन गर्न सबैलाई आह्वान गरेका छन्। राष्ट्रिय कोदो दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले कोदोको औषधीय र पोषणीय महत्वबारे प्रकाश पारेका छन्। उनले भनेका छन्, “कोदो मात्र परम्परागत बाली होइन, ग्लाइसेमिक इन्डेक्स कम भएका कारण चिनी नियन्त्रणमा र हृदय स्वास्थ्यमा लाभदायक खाद्यपदार्थ हो।”
सिँचाइबिनै उत्पादन गर्न सकिने गुणकारी खाद्यान्नको रूपमा सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको छ। कोदोका परिकारहरूको उपभोग बढाउन र यसको उत्पादनमा प्रोत्साहन ल्याउन प्रधानमन्त्रीले सबै नागरिकलाई साथ दिन आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments