नेपाल–चीन कूटनीतिक सम्बन्ध ७० औँ वर्षमा, ऐतिहासिक सहकार्यलाई नयाँ उचाइमा लैजाने प्रयास
1 दिन पहिले
प्रकाशित
काठमाडौं, श्रावण १६ गते ।नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव आज विविध कार्यक्रमसहित काठमाडौं र बेइजिङमा मनाइँदैछ। सन् १९५५ अगष्ट १ मा स्थापना भएको यो सम्बन्धको ऐतिहासिक पृष्ठभूमि तिब्बती राजा स्रोङचेन गम्पो र नेपाली राजकुमारी भृकुटीको विवाहसँग जोडिन्छ, जसले दुई सभ्यताबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाएको थियो। पछिल्ला दशकहरूमा शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सहयोग, भौगोलिक अखण्डता र पञ्चशीलका सिद्धान्तहरूमा आधारित सम्बन्ध दुवै मुलुकले उच्च प्राथमिकतामा राख्दै आएका छन्।
पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार, विश्वशक्ति राष्ट्रका रूपमा उदाएको चीनसँगको सम्बन्धले नेपालको समृद्धिमा योगदान पुर्याउन सक्ने ठूलो सम्भावना बोकेको छ। चीनले विधिमा आधारित विश्व शासन प्रणाली, अन्तरराष्ट्रिय शान्ति सुरक्षा र साझा भविष्य निर्माणमा सहकार्यलाई जोड दिँदै आएको उल्लेख गर्दै उनले नेपालले चीनको विकासबाट बढी लाभ उठाउनुपर्ने बताए। यस अवसरमा नेपालका लागि चीनका राजदूत छन सङले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments